राप्ती बस दुर्घटना : वामपन्थी चिन्तक ताराकान्त पाण्डेयको निधन

खुमा वली  

दाङ । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयको निधन भएको छ।

नेपालगंजबाट काठमाडौं जाने क्रममा भे १ ख ३९१२ यात्रुवाहक बस राप्ती गाउँपालिका–१ भालुबाङस्थित पुलबाट राप्ती नदीमा खसेको थियो ।

सोही दुर्घटनामा परी उनको निधन भएको हो।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुल विभाग सदस्यसमेत रहेका पाण्डे पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रमबाट शुक्रबार सोही बसमा काठमाडौं फर्कँदै थिए।

प्रगतिवादी साहित्यमा समर्पित उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए।

उनका भूमिका र मूल्यांकन, प्रगतिवाद र कविता, देवकोटाको व्यङ्ग्य व्यक्तित्व, अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध,अर्थको आनन्द, समय र सिर्जना जस्ता कृतिहरु प्रकाशित छन् ।

सिफारिस