काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या ११ पुगेको छ।
सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा पुगेका ११ जना च्यापिएर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। घाइतेहरूमध्ये एक जना प्रहरी जवान समेत छन्।
अत्यधिक भीड हुँदा अनियन्त्रित भएर केही व्यक्तिहरू च्यापिन पुगेका थिए। त्यही क्रममा मानिसहरू घाइते भएका हुन्।