व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा मुक्का प्रहार

दियोपोस्ट संवाददाता

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ ।  ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ गएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार गौतमलाई अहिले नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खबर

सिफारिस