
काठमाडौं । सनातन कालदेखि धार्मिक रुपले अति महत्वपूर्ण मानिने माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ आज देखि प्रारम्भ भएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।
















