काठमाडौं । काठमाडौंमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा सोमबारका दिन पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) भएको हो ।यस प्रतियोगितामा महिला तर्फ २० जना र पुरुष तर्फ ३८ जना सहभागिता थिए।
प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार तथा हेङ्गिङ ब्याच पुरस्कार रहेको छ।
नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहणको खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको र कार्यक्रमले प्रतिस्पर्धा मात्र नभइ आरोहण संस्कृति, सौहाद्र्धता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एशोसियसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए ।
