शेरा दरबार जग्गाबारे एमालेले उठाएको प्रश्नमा प्रचण्डको जवाफ : कानुन विपरीत भए फिर्ता ल्याइयोस्

शेरा दरबार जग्गा प्रकरण :

दियोपोस्ट संवाददाता  

काठमाडौं । शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ मागेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले जवाफ माग गरेका हुन् ।

‘शेरा दरवारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ सांसद घिमिरेले भने ।

उक्त विषयमा समितिमा उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सरकारलाई शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन भनेका छन् । ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, प्रचण्डले संसदको राज्य व्यवस्था समितिको बैठकमा भने ।

गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार एन संसोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन ।

समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लेखक लगायत समिति सदस्यहरू उपस्थित छन् ।

नुवाकोटको अठारौं शताब्दीकालीन शेरादरबार अनधिकृत भोगचलनसँग जोडिएको प्रकरणमा गणतन्त्रको आन्दोलन चलाउने माओवादीको उच्च नेतृत्वसँग सम्बन्धित भएको आराप छ ।