राष्ट्रिय कर दिवस : १९ विधामा करदाता सम्मानित (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  राष्ट्रिय कर दिवस-२०८३ का अवसरमा सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा सबैभन्दा बढी कर योगदान गर्ने १९ उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले सम्मानित व्यक्ति तथा संस्थालाई सम्मानपत्र प्रदान गरेका थिए ।

व्यक्तिगत आयकरतर्फ व्यवसायी राजबहादुर शाह र संस्थागततर्फ नेपाल दूरसञ्चार प्राधिकरण उत्कृष्ट करदाता घोषित भएका छन् ।

त्यसैगरी, बैंकिङतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट र रेमिट्यान्सतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार देशमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ ।  विभागले गत आर्थिक वर्षमा ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको छ ।

सम्बन्धित खबर

सिफारिस