धादिङको सलाङघाटमा आपसमा ठोक्किए दुइटा कार, चार जना घाइते

दियोपोस्ट संवाददाता

काठमाडौं । धादिङमा दुई कार ठोकिदा ४ जना घाइते भएका छन् । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका(३, सलाङघाटमा शनिबार बिहान दुई कार जुध्दा ४ जना घाइते भएका हुन् ।

धादिङ प्रहरीका अनुसार काठमाडौँबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च १३६९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ४५०९ नम्बरको कार बिहान १० बजेतिर आपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा दुवै कारका यात्रु घाइते भएका हुन्।

सम्बन्धित खबर

सिफारिस