
काठमाडौं । काठमाडौँको पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका छन्।
गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का
उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए।
प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो।
उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको छ ।
युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो। वाग्मती होटेलको ३०८ नम्बर कोठामा उनीहरु नयाँ वर्षको अघिल्लो बेलुकी बस्न गएका थिए।
तर बाहिरबाट ढोका लगाएको देखेपछि चाबि फोेडेर हेर्दा युवती मृत फेला परेकी थिइन्।