
काठमाडौं । ललितपुरकाे सातदोबाटोस्थित कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ। कल सेन्टर भनेर भित्र अनलाइन जुवा लगायत अवैध गतिविधि गरेको प्रहरीको अनुमान छ। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र अरु नेपाली रहेका सीआईबीका निर्देशक एआईजी दीपक थापाले जानकारी दिए। कल सेन्टरमा रहेका ८५ वटा ल्यापटप र ८२ वटा मोवाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले कल सेन्टर चलाएर अनलाइन जुवालगायतका अवैध गतिविधि गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।