
काठमामाडौं । नयाँ स्टक एक्स्चेन्ज खोल्न प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मंगलबार कृष्णबहादुर थापाले ऐनरनियममा व्यवस्था नभएई कार्यकार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्स्चेनजको अनुमति दिइएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्।
मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निणर्य गरेको थियो। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अर्थमन्त्रालयमा पठाउने निणर्य गरेपछि नयाँ लाइसेन्स वितरणको काम अगाडि बढेको थियो।