तिब्बतमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो, सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन

दियोपोस्ट संवाददाता

काठमाडौं । मंगलबार बिहान तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।

काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए।

सम्बन्धित खबर

सिफारिस