ल्याण्डफिल जग्गाबारे न्याय माग्न पुगेका जनतामाथि पोखरा ३३ का वडाध्यक्षद्वारा खुकुरी ‘प्रहार’

दियोपोस्ट संवाददाता  

कास्की । फोहोरको ल्याण्डफिल साईटको जग्गा विवादबारे छलफल गर्न वडा कार्यालय पुगेका स्थानियमाथि पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी प्रहार गरेका छन् । उनलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ । स्थानियबासीले ल्याण्डफिल साइटको जग्गा विवादबारे लामो समयदेखि न्याय माग्दै आएका थिए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको लापरबाहीका कारण स्थानियबासी लामो समयदेखि अन्याय भोग्दै आएका छन् ।

घटनाबारे कास्की प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले वडाध्यक्ष अधिकारी खुकुरीसहित पक्राउ परेको जानकारी दिए । यद्धपी उनले कसैमाथि खुकुरी प्रहार नगरेको बस्नेतको दाबी छ । स्थानियबासीले भने वडाध्यक्ष अधिकारीले खुकुरी प्रहार गरेको बताउँछन् ।

खुकुरीसहित पक्राउ परेका वडाध्यक्ष अधिकारीलाई विद्यमान कानुनी व्यवस्था अनुसार कसरी कारबाही हुन्छ भन्ने प्रश्नमा डिएसपी बस्नेतले छलफलपछि मात्रै यस विषयमा थाहा हुने बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको वडा समेत रहेकाे याे वडाकै स्थानियमाथि फाेहाेरकाे नाउँमा राजनीति हुँदै अाएकाे छ ।

सिफारिस