पोखराका मेयर धनराज आचार्यले फोहोर गाड्न निर्देशन दिएको स्थल ‘सामुदायीक वन क्षेत्र’ !

दियोपोस्ट संवाददाता  

कास्की । पोखरा महानगरपालिकाले वडा नम्बर ९ स्थित शान्ति वन वाटिकामा सामुदायीक वन क्षेत्र भित्र फोहोर पुर्ने कार्य गरेको पाइएको छ ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेका अनुसार सडकबाट वारीको भाग वन विज्ञान संस्थान रहेको क्षेत्र पोखरा नगर विकास समितिको जग्गा हो, त्यस्तै पारी रहेको क्षेत्र भने सामुदायीक वनको हो ।

सामुदायीक क्षेत्रमा उत्खनन् तथा फोहोर पुर्ने कार्य गरिएको प्रमाणित भए पोखरा महानगरपालिकाका मेयर तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत वन ऐन अनुसार कारबाही हुन सक्छ । त्यसो त पृथ्वीचोकस्थित सहरको बिचमै फोहोर पुर्दा महानगरले वातावरणीय प्रभाव मुल्यांकन समेत गरेको छैन ।

शनिबार राती रातारात फोहोर उठाएर आफू निकट मिडियालाई समेत भिडियो खिचाएको महानगरले व्यवस्थापनमा भने लापरबाही गरेको थियो । मेयर आचार्यले फोहोरलाई लापरबाही पूर्वक सामुदायीक वनमा गाडेर माटो भने सेति नदिमा फालिदिएको भएपनि डिभिजन वन कार्यालयलाई भने नगरविकास समितिको स्वामित्व रहेको वन विज्ञान संस्थान भित्रको जग्गामा फोहोर गाडिएको झुटो विवरण सुनाएको स्रोतले बताएको छ ।

फोहोर गाडेपछि भिडियो खिचेर मेयर आचार्यलाई पठाएको नगरप्रहरीले आफू निकट केही व्यक्तिलाई समेत सोही भिडियो फठाइएको पाइएपछि मेयर आचार्य नगरप्रहरी प्रति रुष्ट भएका छन् । उनले नगरप्रहरी मार्फत आफैले मगाएको भिडियो मिडियामा आएपछि ती प्रहरी अधिकृतहरुलाई कारबाही गर्ने धम्की दिएका छन् ।

सिफारिस