काठमाडौं, १७ । पहिलो तीन खेलमा सनसनीपूर्ण प्रदर्शन गरी अष्ट्रेलियाको बिग ब्यास खेलिरहेका सन्दीप लामिछानेले आज चौथो खेल खेल्दैछन् । पहिलो, दोस्रो र तेस्रो खेल खेल्ने क्रममा सन्दीपले ७ विकेट मात्र लिएनन् । तीनवटै क्लबका कप्तानलाई आफ्नै बलको सिकार बनाएर रेकर्ड नै राखे । लगातार दुई खेलमा पराजित भएको उनको टिम मेलबर्न स्टारले तेस्रो खेलमा
पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्ससँग खेल्ने क्रममा चार ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए । जसमा कप्तान सेन वाट्सनको विकेट पनि थियो ।
दोस्रो खेलमा होबर्ट हरिकेन्ससँग खेल्ने क्रममा उनले चार ओभरमा २४ रन खर्चेर ३ विकेट लिएका थिए । यो खेलमा पनि कप्तानलाई उनले आउट गरे ।
तेस्रो खेलमा चार ओभरमा १८ रन दिएर २ विकेट लिएको खेलमा मेलबर्नले जित निकाल्यो । सो खेलमा किफायती बलिङसँगै विकेट पनि लिएपछि सन्दीपको चर्चा एकाएक चुलिएको थियो ।
आज चौथो खेल
आज चौथो खेलमा सन्दीपको टिमले मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । सहरी प्रतिद्धन्द्धीसँगको यो खेललाई पनि पनि निक्कै महत्वका साथ हेरिएको छ । रेनेगेड्ले पनि तीन खेल्दा दुईमा जित र एउटामा हार बेहोरेको छ ।
सन्दीपको टिमले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ । आजको खेल खेलेर सन्दीप बंगलादेशमा ५ जनवरीदेखि हुने बंगलादेश प्रिमियरलिग खेल्न आउँदैछन् ।