सन्दीपको चौथो सनसनीः चार खेलमा चार कप्तान सिकार

Diyo post  

काठमाडौं, पुष १७ । अष्ट्रेलियामा बिग बास खेलिरहेका खेलिरहेका सन्दीप लामिछानेले सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिएका छन् । चार खेल्ने खेल्ने क्रममा सन्दीपले चारवटै क्लबका कप्तानलाई आफ्नो बलिङको सिकार बनाएका हुन् ।

पहिलो खेलमा खेलमा सिड्नी थन्डर्सका कप्तान सेन वाट्सन, दोस्रो खेलमा होबार्ट हुरिकेन्सका कप्तान म्याथ्थु वाड, तेस्रो खेलमा सिड्नी सिक्सर्सका कप्तान मोजेज हेनरिक्सलाई आउट गरेका सन्दीपले केहीबेर अघि मेलवर्न रेनेगेड्सका कप्तान टिम कुपरलाई बोल्ड गर्दै लगातार चार खेलमा चार कप्तानलाई आउट गर्दै रेकर्ड नै राखेका हुन् । चार खेलमा सन्दीपले ८ विकेट पनि लिन सफल भएका छन् ।

सम्बन्धित खबर