प्रधानमन्त्री ओली बालबालिका संग रमाउदै

Diyo post  

काठमाडौँ, पुष १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गरेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् । त्यस क्रममा प्रधानमन्त्रीले नयाँ पुस्ता निकै ट्यालेन्ट’ रहेको भन्दै तारिफ गरेका छन् । नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिएका थिए । उनले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले मातृभाषा, राष्ट्रिय भाषा र अन्तराष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिन पनि बालबालिकालाई आग्रह गरेका छन् । बालबालिकाहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो (?) भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको स्पष्ट पारेका छन् । आधुनिक ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याउन पनि अंग्रेजी भाषा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भातृ भाषा र राष्ट्रिय भाषा हामी सबैलाई प्यारो लाग्ने तर अंग्रेजी भाषाको पनि आवश्यक्ता झनै बढेर गएको बताए । विभिन्न देशमा गुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक भएकाले त्यसमा पनि जोड दिनु परेको प्रधानमन्त्री ओलीको भनाई छ ।

सम्बन्धित खबर