तेह्रथुम, पुस १८ । ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बनेकी छिन् आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गर्छिन् ।
दुई वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै छिन । नाति वसन्त कक्षा–१ मा पढ्छन् । उनी भन्छिन्, “पढ्ने उमेरमा पढ्न पाइन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको बुझाई छ ।
‘सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन,” उनी भन्छिन्, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ रु भन्ने शङ्का पनि हुन्छ ।” उहाँलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्नसक्ने हुने मन छ । उमेरमा पढ्न नपाएकाप्रति उनलाई पछुतो छ । शुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थालेकी हुन् ।
‘‘गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घण्टामा केही सिकिएनँ’’, उनले बताईन, “त्यही भएर विद्यालय नै जाउ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उनले बताईन ।
सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले बताए । सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल जान्छिन् । तर उनलाई आफू पढ्न भन्दा पनि नातिलाई पु¥याउन गएको भनेर सोच्ने पनि छन् । सानुमायाका तीन छोराको विवाह भइसकेको छ । ‘‘छोरा हुर्किए, विवाह पनि गराइदिएँ, नाति पनि पढ्दैछन्’’, उनी भन्छिन्, “तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।”
स्कुल जान थालेपछि उहाँलाई अहिले वर्ण, मात्रासँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उहाँको मेहनतले छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारी बताछिन् । उनीलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ ।
दुर्गम गाउँका महिलालाई समूहमा आवद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान चौतारीमा पुराना गाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गर्छिन् । यहाँको आदर्श अभियान चौतारीमा हरेक महीनाको दुई पटक छलफल हुन्छ ।
अभियान चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकार लगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुुशीला मग्रान्तिले बताईन । अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ’’ स्थानीय सामाजिक परिचालक सीता निरौलाले भनिन् ।