नवनियुक्त प्रधानन्यायधीश चोलेन्द्र शमशेरको कठोर निर्णय, न्यायधीश दीपकराज जोशीलाई पेशी नतोक्ने

दियो पोस्ट  

काठमाडौँ, पुस १८। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले बुधबारदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नवनियुक्त प्रधानन्यायधीश जोशीले भने, ‘ न्यायलयको जनआस्थालाई माथि उठाउनको लागि मैले जोशीलाई पेशी नतोक्न कठोर निर्णय लिएको छु ।’यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत भएका थिए ।

मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

TATA ADD

सिफारिस