दमौली, पुष १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषीलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् । विहीबार ब्यास तनहमा श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको उद्घाटन गर्दै नेता पौडेलले कृषिमा आत्मनिर्भर बन्नको लागि कृषिलाई सम्मनित पेशाको रुपमा विकास गर्नुपर्ने बताए ।
किसानको देश भनेर चिनिएतापनि नेपालका कृषकहरुको सम्मान नभएको उनले दावि गरे । धेरै मेहनत र थोरै आम्दानीको कारणले कृषि पेशाप्रति युवाहरुको पनि उल्लेख्य रुचि नभएको बताए । बजारको अभाव, विचौलियाहरुको विगविगी इत्यादी कारणले गर्दा कृषिजन्य उत्पादनहरुले उचित मुल्यांकन नपाएको उनले बताए ।
श्रमजीवी किसान र नेपाली कांग्रेसबिच अत्यन्तै नजिकको सम्वन्ध रहेको बताउँदै नेता पौडेलले विपन्नतालाई सम्पन्न गराउने एकमात्र राजनीतिक दल नेपाली कांग्रेस रहेको जिकिर गरे । अब नेपालमा राजनीतिक क्रान्ती सक्किसकेकोले आर्थिक क्रान्तिको लागि कृषीको ठुलो हात रहेको बताए । अर्थिक क्रान्ति कृषिबाट मात्र सम्भव भएको उनले बताए ।