दुई बर्षदेखि तलब नपाएका २१ क्रिकेट खेलाडीलाई तबल दिइँदै, कसले कति पाउँछन् ?

Diyo post  

काठमाडौँ, पुष १९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका २१ जना खेलाडीहरुले तलब पाउने भएका छन् । सन् २०१५ देखि क्रिकेट खेलाडीहरुलाई तलब दिन थालेको क्यानले २०१७ पछि भने खेलाडीहरुलाई तलब दिएको छैन ।

क्यान भित्र नेतृत्वलाई लिएर आएको विवादले उग्र रुप लिएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सीले (आइसीसी)ले क्यानको खारेज गरेको थियो । नेपाली खेलाडीहरुलाई ए, बि र सी श्रेणीमा विभाजन गरि तलब वितरण गरेतापनी दुई बर्षदेखिको तलब रोकिँदा उनिहरुमा नैराश्यता थपिएको छ । विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ ।

अन्तराष्ट्रिय क्रिकेट संघ ( आइसीसी) ले राष्ट्रिय खेलकुद परिषद ( राखेप ) लाई क्रिकेट खेलाडीहरुलाई तलब उपलब्ध गराउन अनुरोध गरेपछि नेपाली क्रिकेट खेलाडीहरुले एकमुष्ट रुपमा रोकिएको तलब पाउने भएका हुन् । नेपाली खेलाडीहरुले नै आफुहरुले २ बर्षदेखि तलब नपाएको र दिलाइदिनको लागि आइसीसीलाई आग्रह गरेको थियो ।

क्यानले श्रेणीअनुसार ए श्रेणीका खेलाडीहरुले मासिक ३५ हजार , बि श्रैणीका खेलाडीहरुले मासिक २५ हजार र सी श्रेणीका खेलाडीहरुले मासिक १५ हजार रुपैयाँ दिँदै आएको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् । उनिहरुले मासिक ३५ हजारले २ बर्षको ८ लाख ४० हजार पाउनेछन् ।

त्यस्तै बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् । उनिहरुले मासिक २५ हजारका दरले एकमुष्ठ ६ लाख रुपैँया प्राप्त गर्नेछन् । यसैगरि सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् । उनिहरुले मासिक १५ हजारका दरले २ बर्षको ३ लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर