अनाधिकृत रुपमा विषाधी प्रयोग गरेमा डेढ लाखसम्म जरिवाना हुने

Diyo post  

काठमाडौँ, १९ पुस । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको विहीबारको वैठकमा जीवनाशक विषदी व्यवस्थापन विधेयक, २०७५ प्रस्तुत गर्दै मन्त्री खनालले विषादीको अनियन्त्रित रुपमा हुँदै आएको प्रयोगलाई रोक्न विद्यमान कानुनलाई संसोधन गर्न विधेयक ल्याइएको बताए ।

उनले प्रस्तुत गरेको विधेयकमा विषादीको अनाधिकृत रुपमा प्रयोग गर्नेलार्य ५० हजारदेखि एक लाख ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको आजैको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ग¥यो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथि भएको सैद्धान्तिक छलफल छ सदस्यले भाग लिनुभएको थियो । छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले कतिपय ऐनलाई सङ्घीयता र संविधानअनुरुप बनाउनु पर्ने भएको हुँदा त्यसलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २२ गते अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित खबर