रेशम चौधरीलाई सपथ ग्रहणको लागि सिंहदरबार लगियो, सपथपछि जेल पठाइने

Diyo post  

काठमाडौ, पुष १९ । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई सपथ ग्रहणको लागि सिंहदरबार लगिएको छ । उनलाई सदरखोर डिल्लीबजारबाट दिउँसो ३ बजे सिंहदरबार लगिएको हो ।

सपथ खुवाएपछि उनलाई पुन सदरखोर डिल्लीबजारमा लगि थुनामा राखिने बताइएको छ । उनलाई विहान साँडे एघार बजे सपथ खुवाउने तयारी गरिएको भएतापनी जेलभित्रको कानुनी प्रक्रियाका कारण दिउँसो सपथ खुवाउन लागिएको हो ।सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको शपथ लिएपछि चौधरी कारागारमै रहने जानकारी दिएको हो।
शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन्। संसद बैठकमा बस्न पाउँदैनन् ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।

२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो ।

काठमाडौमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन शुरु गरेका थिए । राजपा नेपालको दवाव पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।

चौधरीले अनसन तोडेपछि शपथग्रहणमा ढिलाई भइरहेको थियो । ढिलाईका भएको भन्दै राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।

सम्बन्धित खबर