विवेकशील साझाले भन्यो,‘वाईडबडी घोटालामा समलग्नलाई तुरुन्त निलम्बन गर’

Diyo post  

काठमाडौं, १८ पुस । नेपाल वायु सेवा निगमले खरिद गरेको वाईड बडीमा चरम आर्थिक अनियमितता भएको भन्दै संसदीय छानबीन उपसमितिले बहालवाला मन्त्री सहित विभिन्न व्यक्तिलाई निलम्बन गरी कारबाही गनुपर्ने निष्कर्श निकालेसँगै अन्य राजनीतिक दलले समेत यस विषयमा मुख खोलेका छन् ।


काठमाडौं आधारित पार्टीको रुपमा हेरिएको विवेकशील साझा पार्टीले वाईड बडी घोटालामा समलग्नलाई कारबाही गर्न माग गरेको छ ।


विहीबार एक विज्ञप्ति निकाल्दै विवेकशील साझाले तत्काल उपसमितिले दोषी ठहर गरेकाहरुलाई कारबाही गर्न माग गरेको हो ।


‘संसदीय छानबीन समितिले दोषी औँल्याएका सबैलाई तत्काल उनीहरुको कार्यभारबाट मुक्त गरि निष्पक्ष कानुनी र न्याययिक प्रक्रिया पारदर्शीरुपमा यथासिघ्र अघि बढाउन विवेकशील साझा पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘सार्वजनिक खरिद प्रक्रियामा बारम्बार यो तहको भ्रष्टाचार हुनुले हाम्रो राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतिले थलिएको स्पष्ट देखिन्छ ।’


संसदको सार्वजनिक लेखा समितिले वाईड बडी खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको र भ्रष्टाचारमा बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री जितेन्द्र देव, जीवन बहादुर शाही, गृहसचिव प्रेम कुमार राई, बहालवाला पर्यटन सचिव कृष्ण प्रसाद देवकोटा र नेपाल बायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कारबाही सिफारिस गरेको थियो ।

सम्बन्धित खबर