हत्याका दोषी चौधरीलाई सपथ खुवाएकोमा तरुण दलको आपत्ति

Diyo post  

काठमाडौँ, पुष १९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई जेलबाट निकालेर सपथ खुवाउनु कानुन विपरीत भएको भन्दै आपत्ति जनाएको छ । महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै कम्युनिष्ट सरकारले कानुनी शासनको ठाडो उलङघन गरेको आरोप लगाएका हुन् ।

‘वर्तमान कम्युनिस्ट सरकारले टीकापुर हत्याकाण्डका दोषी रेसशम चौधरीलाई कानुन विपरीत जेल बाट निकालेर सांसद पदको सपथ गराउने कार्य नेपालको संविधान र कानुनी शासनको ठाडो उल्लंघन गर्नुका साथै लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘०७२ भाद्र ७ गते टीकापुरमा भएको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रूपमा कार्बाही गर्नुको साटो उल्टै सम्मान स्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ ।’

सरकारको अबैधानिक, निरकुंश, अमानवीय र अन्यायपूर्ण निर्णय भएको भन्दै दलले भत्र्सना गरेको छ । आफ्नो सत्ता स्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिने हर्कत नगर्न भन्दै दलले सचेत गराएको छ ।

सम्बन्धित खबर