लिभरपुलमाथि सिटीको सुन्दर बदला, उपाधि होडमा फर्किंदै सिटी

दियो पोस्ट  

काठमाडौं, पुस २० । गत सिजनमा २२ खेलसम्मको अपराजित यात्रामा लिभरपुलले पूर्णविराम लगाउँदै ४–३ गोलले पराजय भोगेको बदला लिंदै म्यानचेस्टर सिटीले उसँग बदला लिएको छ । गएराती भएको इङिलस प्रिमियर लिगमा यो सिजन २१ खेलसम्म अपराजित रहेको लिभरपुललाई सिटीले २–१ गोलले हराउँदै बदला लिएको हो । २० खेलसम्म लिभरपुलले सिटीसँग ७ अंकको स्पष्ट अग्रता बनाएको थियो ।
सिटीलाई जित्न सक्दा लिग जित्ने उपाधि यात्रामा १० अंकको अग्रता लिन लिभरपुल चुकेको छ । २१ खेलबाट लिभरपुल तालिकामा सिरानमा हुँदा ५४ अंक छ । दोस्रो स्थानमा रहेको सिटी चार अंकले पछि पर्दै ५० अंकसहित दोस्रो, टोटनहम ४८, चेल्सी ४४ र आर्सनल ४१ अंकसहित क्रमशः पाँचौ स्थानसम्म छन् ।
आफ्नै मैदानमा भएको खेलमा सिटीका लागि पहिलो हाफको ४० औं मिनेटमा सर्जियो अगुइरोले गोल गरे । ६४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै बराबरीमा ल्याए । तर, लिरोए सानेले ७२ औं मिनेटमा गोल गर्दा सिटीले पुनः अग्रता बनायो । अन्तिमसम्म थप गोल नहुँदा सिटीले महत्वपूर्ण तीन अंक हात पार्यो ।
पछिल्ला तीनमा दुई खेल गुमाएको सिटीले जितको लय पुनः समात्ने छनक देखाएको छ । बराबरी भएको भए सात अंकको अग्रतालाई सिटीले ६ भन्दा तल झर्नुपर्ने थिएन । लिगमा अझैं १७ खेल खेल्न बाँकी छन् ।

सम्बन्धित खबर