४ किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ

Diyo post  

काठमाडौँ, पुष २० । रसुवा हुँदै भारततर्फ लैजान लगिएको चार किलो सुनसहित तीनजना गजुरीबाट पक्राउ परेका छन् । प्रहरीका प्रदेश ३ इकाई र जिल्ला प्रहरी कार्यलय धादिङको सहयोगमा विहीबार राति पौने १० बजे उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

बा ८७ प ७७३१ र प्रदेश ३–०२–००३ प २५४० नम्बरको पल्सल मोटरसाईकलमा सवार रहेका उनीहरुलाई विशेष सुचनाको आधारमा रातकाे पाैने १० बजे गजुरी–१ बजारस्थित सिद्धेश्वर महादेव मन्दिर नजिक बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख डम्बरबहादुर विकले बताए ।

सुनसहित पक्राउ पर्नेहरुमा रसुवाको उत्तरगया गाँउपालिका–२ का २७ वर्षीय सन्जित वाइबा, नुवाकोट–५ का २२ वर्षीय सुरेन्द्र तामाङ रसोही गाउँका २४ वर्षीय विकास तामाङलाई पक्राउ गरेको हो। एक जना फरार भएका छन्।

सुनसहित पक्राउ परेका उनिहरुलाई शुक्रबार विहान पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । फरार रहेका एक जनाको खोजी कार्य भइरहेको र नियन्त्रणमा रहेका तीनै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यलय काठमाडौँ पठाईने प्रहरी प्रमुख विकले बताए ।

सम्बन्धित खबर