काठमाडौँ, पुष २० । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा नेपाल प्रहरीले छापा मारेको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकको संयुक्त टोलीले शुक्रबार छापा मारेको हो । एक प्रहरी अधिकारीका अनुसार बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।
जिल्ला अदालतले खानतलासी गर्न आदेश गरेपछि प्रहरीले छापा मारेको हो । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर चर्चामा आएपछि बम्जनको चौतर्फी विरोध भएको थियो । उनका परिवारले पनि केही समयअगाडी मात्र म्द्धा दायर गरेका थिए ।
तपस्वीको रुपमा चर्चित रामबहादुर बम्जनका आश्रममा महिलाहरुको योनशोषण हुने र चरम यातना दिएर राखिने कुराहरु विभिन्न संचारमाध्यमहरुमा आएपछि वम्जन विवादमा मुछिएका हुन् ।