सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

Diyo post  

काठमाडौं, पुस २१ । नेपाली बजारमा सुनको भाउ यो हप्ता ६ सय रुपैयाँले बढेको छ । यो हप्ताको पहिलो दिन आईतबार अर्थात पुस १५ गते आईतबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा रहेको सुनको भाउ शुक्रबारसम्म आईपुग्दा ६० हजार ३ सयमा पुगेको छ ।

तेजाबी सुन पनि ६ सय रुपैयाँले बढेको छ । आईतबार ५९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार आईपुग्दा ६० हजार रुपैयाँमा कारोबा भएको छ ।

यस्तै चाँदी को भाउ २० रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार आईपुग्दा ७ सय ६५ रुपैयाँमा पुगेको हो ।

सम्बन्धित खबर