डिपिएल अक्सनः राष्ट्रिय टोलीका मुख्य खेलाडी रुपन्देहीमा अनुवन्धित, कुन टिममा कुन खेलाडी

दियो पोस्ट  

काठमाडौँ, पुष २१ । धनगढी प्रिमियर लिगको लागि पहिलो चरणको अक्सन सकिएको छ । पहिलो चरणको लिलामीमा चार खेलाडीले अधिकतम मुल्य पाएका छन् । नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु प्रदीप ऐरि, अरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी रहेका छन् ।

अन्नपुर्ण होटलमा भएको अक्सनमा प्रदीप ऐरीलाई २ लाख ५० हजारमा रुपन्देहीले अनुवन्धित गरेको छ । उनलाई खरिद गर्नको लागि तीनवटा टिमबिच प्रतिस्पर्धा चलेको थियो । ड्र भएपछि उनलाई रुपन्देहीले भित्र्याएको हो । अर्का खेलाडी ललित भण्डारीलाई पनि रुपन्देहीले नै अनुवन्धित गरेको छ । भण्डारीलाई पनि २ लाख ५० हजारमा खरिद गरिएको हो । उनी चिट्ठाबाट तानिएका हुन् । राष्ट्रिय टोलीका अर्का खेलाडी विनोद भण्डारी २ लाख ५० हजारमा विक्री भएका छन् । न्युनतम मुल्य ७० हजार रहेका उनलाई महंगो रकम दिएर रुपन्देहीले आफ्नो टोलीमा भित्र्याएको हो ।

यसपटकको अक्सनमा खेलाडीलाई आफ्नो मुल्य तय गर्ने सुुविधा दिएको थियो । खेलाडीहरुले न्युनतम ३० हजारदेखि १ लाखसम्मको मुल्य निर्धारण गर्न सक्छन् । लोकप्रिय खेलाडीहरुले आफ्नो मुल्य केही बढाएका पनि छन् । धेरै खेलाडीहरु एक लाख भन्दा बढीमा बिक्रि भएका छन् । सौरभ खनाललाई १ लाख ६० हजारमा धनगढीले किनेको छ । त्यस्तै विपिन खत्रिलाई पनि ८५ हजारमा धनगढीले नै भित्र्याएको छ । अर्का खेलाडी सन्दीप विकलाई १ लाख १० हजारमा रुपन्देहीले किनेको छ उनको न्युनतम मुल्य ८० हजार रहेको थियो । रुपन्देहीले पुरन विकलाई भने
५० हजारमा भित्र्याएको छ ।

ललित राजवंशी काठमाडौँमा आवद्ध भएका छन् । उनलाई २ लाख ५० हजारमा काठमाडौँले भित्र्याएको हो । उनको न्युनतम मुल्य १ लाख ५० हजार हो । अमित श्रेष्ठलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ ।

डिपिएलमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ६ वटा टोलीको मार्कि खेलाडी घोषणा भइसकेको छ । विराटनगर किंग्स करण केसीले नेतृत्व गर्ने भएका छन् । अहिलेसम्म उनको टोलीमा कुशल भुर्तेल, अर्जुन अधिकारी, किशोर महतो, राजेश पुलामी र आसिफ शेख अनुवन्धीत भइसकेका छन् ।
ज्ञानेन्द्र मल्लको काठमाडौँ गोल्डेनले पाँच जना खेलाडी अनुवन्धित गरिसकेको छ । काठमाडौँले २ लाख ५० हजारमा ललित राजवंशीलाई भित्र्याएको छ भने १ लाख ७० हजार खर्चेर राशीद खानलाई अनुवन्ध गरेको छ । काठमाडौँमा विक्रमकुमार भुषाल, अभिनव यादव पनि अनुवन्धित भइसकेका छन् ।

शरद भेष्वाकरको नेतृत्वमा रहेको महेन्द्रनगर युनाईटेडमाा अभिनास बोहरा, अमरसिंह रौटेला र सागर ढकाल भित्रिएका छन् । त्यस्तै बसन्त रेग्मी मार्की खेलाडी रहेको रुपन्देही च्यालेन्जर्समा राष्ट्रिय टोलीका तीन खेलाडी अनुवन्धित भइसकेका छन् । ललित भण्डारी, प्रदीप ऐरी, सुमित महर्जन , विनोद भण्डारी, पुरन बिके, सन्दीप सुनार, अमित श्रेष्ठ कृष्ण कार्की र सुरज दराई गरि नौजना खेलाडीहरु अनुवन्धित गरिसकेको छ ।

सीवाईसी अत्तरियाले पाँचजना खेलाडी अनुवन्धीत गरेका छन् । दिपेनद्र सिंह ऐरि मार्की खेलाडी रहेको अत्तरियामा जितेन्द्र सिंह ठकुरी, भुवन कार्की, दिेपेन्द्र रावत, प्रेम तामाङ र अदिल अन्सारी रहेका छन् । सोमपालको धनगढीले पनि दिपेश श्रेष्ठ, सौरभ खनाल, विपीन खत्री, राजु रिजाल र रविन श्रेष्ठलाई अनुवन्धित गरिसकेको छ ।

TATA ADD