रवी लामिछानेलाई भद्रगोलका निर्देशक दिपक आचार्य(काकु) को खुल्ला पत्र, ‘म तपाईलाई भगवान मान्दिन’

Diyo post  

काठमाडौँ, पुष २१ । संचारकर्मी रवि लामिछाने यतिखेर भाइरल छन् । हुन त उनि लोकप्रिय संचारकर्मीका रुपमा सर्वत्र परिचित छन् । तर यतिखेरको लोकप्रियता केही नकारात्मक छ । उनको व्यक्तिगत जीवनलाई लिएर विभिन्न तथ्यहरु सार्वजनिक भएका छन् । विभिन्न मिडियाहरुले उनका बारेमा नकारात्मक टिकाटीप्पणी गरेका छन् । यतिखेर धेरै मानिसहरु रवि लामीछानेको पक्षमा छन् । रवि लामिछानेलाई भगवान मान्ने मानिसहरु पनि धेरै छन् । त्यसो त उनलाई नकारात्मक रुपले हेर्ने भिडको पनि कमी छैन । यसअघि मात्रै अमेरिकी नागरिकता लिएर नेपालमा श्रम स्वीकृतविना नै काम गरेको भन्दै चौतर्फी विरोध भएको थियो । हाल उनले श्रीमतीलाई धोका दिएर अर्कै महिलासंग सम्वन्ध गाँसेको विषयले मिडिया र सामाजिक संजालमा स्थान जमाइरहेको छ ।

सिधाकुरा जनतासंग कार्यक्रमको दुई साता अगाडीको श्रृंखलामा रवि लामीछानेले नेपालको हाँस्य व्यंग्य र त्यसमा भएको कमिकमजोरीको बारेमा बोलेका थिए । शुरुवातको भुमिकामा सो विषयमा बोलेका रविले नेपाली सिरियलहरुमा हसाउन प्रयोग गरिने तरिकामाथि प्रहार गरेका थिए । यस सम्वन्धमा भद्रगोल टेलिश्रृंखलाका निर्देशक दिपक आचार्य ( काकु) ले आफ्नो फेसबुकमा उनै रवि लामिछानेलाई खुल्लापत्र लेखेका छन् ।

आदरणीय रवी लामिछाने दाई,
नमस्कार
दाईको म अत्यन्तै ठुलो फ्यान हुँ र फलोअर पनि । मैले रवि दाइको हरेक राम्रा कदमको खुलेर प्रशंसा मात्र गरेको छैन । कतिपय ठाउँमा उहाँकै अभियन्ता बनेर समेत काम गरेको छु । आज राष्ट्रलाई रवि दाई जस्तो मान्छेको खाँचो छ । तर, माफ गर्नुहोला तपाईँलाई म भगवान भने मान्दिन र तपाइका नराम्रा कुराहरुलाई समेत प्रसाद मानेर ग्रहण गर्न सक्दिन ।

केही हप्ता अगाडी तपाइले प्रस्तुत गर्नु भएको कार्यक्रममा नेपालको संस्कृतीमाथि हास्य सिरियलहरुले पापरेको असरमा निकै कडा रुपमा प्रस्तुत हुनुभयो । यस विषयमा मेरोन मनमा लागेका केही जिज्ञासाहरु तपाईँ सामु राख्न चाहन्छु

–तपाईले कार्यक्रममा मह जोडी र सन्तोष पन्तका सिरीयललाई छाडेर बाँकी सबै हास्य श्रृंखलालाई एउटै टोकरीमा राख्नुभयो । तपाईले यो बोली रहँदा ‘केही राम्रा सिरियलहरु पनि छन् तिनीहरुलाई छाडेर’ भन्न पर्ने थिएन र ?


–त्यसो भए, पछिल्लो समय टेलिभिजनको आर्कषण बढाउन मेरुदण्डको रुपमा आएका सिरीयलहरु ‘तितो सत्य’ ‘जिरे खुर्सानी’ ‘मेरी बास्सै जस्ता सर्वाधिक रुचाइएका हास्य सिरीयलहरुले कहाँ निर नेपाली संस्कृतिम माथि अन्याय गरे ?


–उसो भए पछिल्लो पुस्ताका चर्चित हास्य कलाकारहरु दीपक दीपा, माग्ने बुढा, धुर्मुस सुन्तली, जितु नेपाल सबैलाई तपाईको आरोप हो ?


–नेपालको हरेक राजनितिक आर्थिक परिर्वतनमा नेपाली हास्य कलाकारहरुले नेपालमै बसेर महत्वपूर्ण योगदान गरि रहँदा तपाई के गर्दै हुनुहुन्थ्यो ?


–इतिहास साक्षी छ, आजको देश बदल्न हिँडेको साहासिक रबि लामिछाने पनि कुनै बेला हास्य कलाकार बन्ने रहरमा अनेक टुक्का सुनाउँदै हास्य कार्यक्रम चलाउथ्यो होइन र ?


–आज तपाईले सबै हास्य श्रृंखलालाई गाली गरी रहँदा मेरी बास्सै, भद्रगोल लगायत केही हास्य सिरिअल जस्ता अहिले दर्शकले सर्वाधिक रुचाइएका हास्य श्रृंखलाहरुलाई समेत अन्याय भएन र ?


–रबि दाइ, हुन त देश बनाउने महाअभियानमा लाग्नु भएको छ तपाईसँग यस्ता संस्कृति बिगार्ने खालका हास्य सिरियल हेर्ने फुर्सद त पक्कै पनि छैन होला, तर तपाइका कोही फुर्सदिला असिस्टेन्टहरु छन् भने भद्रगोललगायत अन्य केही हास्य सिरीयलका विगतका केही श्रृंखलाहरु हेर्न लगाउनुहोस् र उनीहरुलाई सोध्नुहोस, सिरियलहरुले कति समसामयीक र गहन विषयवस्तुको उठान गरेको छ ?


–आज केही हास्य सिरीयलहरु जे २४ घण्टा नपुग्दै ६ लाख पटक भन्दा बढी हेरिन्छन, ति सिरीयलहरु मथि गरिएका दर्शकका कमेन्टहरु पढ्नुहोस् ।


‘नेपाली बोल्न नजान्ने मेरा छोरा छोरीले तपाईको सिरीयल हेरेर नेपाली बोल्न सिके’ भन्ने लाखौं दर्शकहरुको प्रतिक्रिया हामीले पाइरहँदा कहाँनेर नेपाली भाषा र संस्कृतिम माथि अन्याय गर्यौं र तपाईले मात्र न्याय गर्नुभयो

-सिमित साधन र श्रोत उपयोग गरी देश मा अनेक किसिम का राजनीतिक सामाजिक घटना क्रम ले लगभग हास्न नै बिर्सियका जनता लाई केही हद सम्म पनि हसाउने प्रयास स्वरुप सयौ भाग सम्म पनि पारीश्रमिक न पाउदा पनि बिदेश पलायन न भै कन आफ्नै देशमा निरन्तर कलाकारिता मा लागिरहने ब्यक्तित्व हरु ले कहाँ निर नेपाली कला र संस्क्रिति माथि अन्याय गरे र त्यो बेला कलाकार हरु ले पायको दुस्ख र पिडा लाई उजागर गर्न को लागि तपाईंको खोज पत्रकारिता कहाँ रूमल्लियको थियो ?

-‘दाह्रीमा सेतो दलेर २० वर्षेलाई बुढो बनाएर भन्ने जुन प्रसंग उठाउनु भयो, कुनै चरित्र निर्वाह गर्दा जुनसुकै उमेरको कलाकारले पनि बुढोको अभिनय यदि साँच्चिकै बुढो जस्तो देखिएर चरित्रलाई न्याय गर्न सक्नु त झनै प्रशंसनीय कुरा होइन र ?

–जहाँ सम्म कथा को कुरा गर्नु भयो आउनु होश बसेर बहश गरौ, हामी तपाईं बाट केही सिक्न तयार छौ, नेपाली हास्य सिरियल हरु लाई कसरी गुणस्तरीय बनाउने भन्ने बिषय मा।
–केही बिसङ्गती र बिक्रिती अबस्य छन, जुन कुनै क्षेत्र मा पनि हुन्छन, तर त्यो भन्दै मा केही राम्रा र अझै राम्रो गर्ने प्रयास गरी रहेका लाई पनि यती ठुलो आरोप लगायर सबैलाई एउटाइ टोकरी मा हालेर गाली गर्ने हो भने आज सि के राउत, धुर्मुश सुन्तली, रेशम चौधरी, रबी लामिछाने लाई एउटै ग्रुप मा राखेर प्रसम्सा वा गाली गर्न सुहाउछरु

–म मात्रै सही छु बाँकी सब गलत छन् भन्नु भन्दा पहिला अरु पनि कोही कोही सही नै होलान् की भनेर विश्लेषण गर्ने हो की नत्र हामी हास्य ब्यङ्ग्य क्षेत्र मा लागेका क-कस्ले नेपाली संस्क्रिति र भाषा माथि अन्याय गरे, आउनुहोश, तपाईं सङ्ग बसेर घन्टौ बहश गर्न तयार छौ।

रबि दाइ, फेरी पनि तपाईका राष्ट्र निर्माणमा अघि बढेका पाइलाहरुलाई सधैं साथ र सहयोग गर्ने नै छु तर तपाई जस्तो व्यक्तिले सार्वजनिक रुपमा बोल्दा शब्द शब्द केलाएर बोल्नु राम्रो होलाकी ? नत्र तपाईका जोस जाँगर र राम्रो (अभियानमा अघि बढेका पाइलाहरु आफ्नै कारण कमजोर बन्नेछन् । यस्तो नहोस, शुभकामना ।
(सभ्य भाषामा मात्र कमेन्ट गर्नुहोला )

सम्बन्धित खबर