जीवन र जगतका लागि बन्धुको आवश्यकता : सापकोटा

Diyo post  

बनेपा, काभ्रे, पुस २१ । नेकपाका स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटाले जीवन र जगतका लागि बन्धुहरुको आवश्यकता पर्ने बताएका छन् । काभ्रेको बनेपामा सापकोटा बन्धुहरुको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता सापकोटाले नेपालीहरुको दैनिक जीवन र संस्कारमा आफ्ना बन्धुहरुको आवश्यकता र महत्व धेरै नै रहेको बताएका हुन् ।

‘जीवन र जगतका लागि हामीलाई सधैं बन्धुहरुको आवश्कयता पर्छ हामी सबैलाई बन्धुहरु चाहिन्छ’ सापकोटाले भने, ‘यसरी सबै सापकोटाहरुलाई जुटाउने काम गर्नुभएकोमा धन्यवाद छ, मलाई पनि खुशी लागेको छ । म सापकोटा बन्धुहरुलाई म सक्दो सहयोग गर्छु ।’

१९ सदस्यीय समिति
सापकोटा वंशावली कल्याण केन्द्र नेपाल अन्तर्गत काभ्रेमा पनि शनिबार जिल्ला नेतृत्व भएको छ । १९ सदस्य रहने कार्यसमितिमा १५ सदस्यीय कार्यसमिति गठन भएको छ । जसमा अध्यक्षमा पाँचखालका सत्यनारायण सापकोटा, उपाध्यक्षमा पनौतीका नारायण सापकोटा र आरती सापकोटा छन् । सचिवमा पनौतीका जिएन सापकोटा र कोषाध्यक्षमा विनोद सापकोटा छन् ।

सदस्यहरुमा ऋषिराम सापकोटा, कर्णबहादुर सापकोटा, विदुर सापकोटा, सागर सापकोटा, तुलप्रसाद सापकोटा, रत्नप्रसाद सापकोटा, नेत्रप्रसाद सापकोटा, रामशरण सापकोटा, परशुराम सापकोटा र राजन सापकोटा छन् । चार सदस्यहरु मनोनित हुन बाँकी छन् ।

सम्बन्धित खबर