अष्ट्रेलियामा सनसनी मच्चाएपछि आजबाट बंगलादेशमा खेल्दै सन्दीप

Diyo post  

काठमाडौं,पुस २२ । अष्ट्रेलियाको बिगबासका ४ खेलमादुईवटामा जित्दा ८ विकेट र यसमापनि सबै चारवटै टिमका कप्तानलाई आउट गर्न सफल भएपछि नेपालका लेग स्पिनर सन्दीप लामिछाने ‘क्याप्टेन किलर’का रुपमा परिचितभए

। यहीलोकप्रियताकोबीच आइपिएलपछिको दोस्रो चर्चित लिगबिगबास बीचमैं छोड्न सन्दिप बाध्यभए । कारण उनले नराम्रो खेलेर पनिहोइन, टिममा नपर्ने भएर पनिहोइन । बिगबास अघि नै सन्दीपबंगलादेशको बिपिएलमा आवद्ध भएकोले अष्ट्रेलियामाचार खेलमात्रै खेलेर उनीबंगलादेश आएकाहुन् ।

बंगलादेश आएपछि सन्दीपले आजपहिलो खेल खेल्दैछन् । बिपिएलमाउनको टिम सिल्हेट सिक्सर्सले आजपहिलो खेलमा भिक्टोरियन्ससँग खेल्दैछन् । जसको कप्तानी अष्ट्रेलियन डेभिड वार्नरले गर्दैछन् । बिगब्यास बीचमै छोडेर आएको हुनाले पनिउनीआज सवा १२ बजे हुने खेलमाअन्तिम ११ मा पर्ने सम्भावना बढी छ ।

उनीसँगै लेग स्पिनर इमरानताहिर पनि टिममा भएकोले उनी खेल्न पाउँदैनन् कीभन्ने सम्भावनापनिनदेखिएको होइन । तर, उत्कृष्ट लयमा रहनु नै उनी टिममा पर्ने प्रमुख सम्भावनाहो । सन्दीपले यस अघि नै प्रशिक्षकवाकर युनिसदेखि कप्तानवार्नरसम्मलाई प्रभावितपारिसकेका छन् ।

पछिल्लो समय विश्वभरका फ्रेन्चाइजलिगमा सन्दीपको उपस्थितिअपरिहार्य भएकोले उनलाई क्बलले पक्कै पनि बेच्नमा राख्ने सम्भावनाकम छ ।

सम्बन्धित खबर