काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आईतबार दिउँसो १ बजे संसदमा संबोधन गर्ने भएका छन् । यसअघि कार्यव्यस्तताका कारण देखाउँदै बिहीबारको संसद बैठकमा उनले गर्ने भनिएको सम्बोधन आजका लागि सारिएको थियो ।
कार्यव्यवस्था भनेपनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको विषयमा आलोचित भएपछि उनले बिहीबारको संसद बैठकमा संवोधन नगरेका हुन् ।
आज प्रधानमन्त्री ओलीले संवोधन गर्ने कार्यतालिका तय भएको संसद सचिवालयले जनाएको छ ।
आइतबार अवस्था केही फेरिएपछि वा अवस्था केही मत्थर भएपछि मात्रै प्रधानमनत्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
वाइडबडी खरिदका विषयमा सांसदबिच मत बाझिएको छ भने रेशम चौधरीको शपथ पनि भएको छ । प्रधानमन्त्री ओलीले आइतबारको सम्बोधनमा वाइड बडी भ्रष्टाचारसहितका विषयमा बोल्ने सम्भावना छ ।