यी हुन् नेपाल एयरलाइन्सका हाकिममाथि कालोमोसो दल्ने युवा

Diyo post  

काठमाडौँ, पुष २२ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि कालो मोसो दल्नेमध्य एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) समूहका भाृत संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो । दुव्र्यवहारमा संलग्न अन्य व्यकितहरुको पनि खाजिकार्य भइरहेको महानगरिय प्रहरी महाशाखाले जनाएको छ ।

वाइडबडीमा भ्रष्टाचार गरेको भन्दै निगमका प्रमुखमाथि कारवाही गरेको क्रान्तिकारी युवा लिगले जनाएको छ । यता तुलाधरले भने आफुसंग चन्दा मागिएको तर दिन अस्वीकार गरेपछि कालोमोसो दलिएको बताएका छन् ।

सम्बन्धित खबर