मन्त्रीपरिषद निर्णयः नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

Diyo post  

काठमाडौँ, पुष २२ । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । तीनजनामध्य प्रतिस्पर्धाबाट बढी नम्बर प्राप्त गरि अधिकारी छानिएका हुन् । उनलाई मन्त्रीपरिषदले टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो ।

उनिबाहेक बुद्धी आचार्य र संगीता पहाडीको नाम पनि मन्त्रीपरिषदमा सिफारिस गरिएको थियो ।

संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरिएको छनोट समितिले तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको थियो । क्षमता र दक्षताको हिसावले मन्त्रीपरिषदले अधिकारीलाई नै नियुक्त गरेको हो । नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।

सम्बन्धित खबर