बंगलादेश प्रिमियर लिगको डेब्यु खेलमै सन्दीपले लिए २ विकेट

Diyo post  

काठमाडौँ, पुष २२ । वंगलादेश प्रिमियर लिग ( बिपिएल ) को पहिलो खेलमै सन्दीप लामिछानेले २ विकेट लिएका छन् । अष्ट्रेलियन विग बास लिग छाडेर वंगलादेश पुगेका सन्दीपले त्यहाँ पनि आफ्नो सनसनी कायम राखेका हुन् ।

सन्दीपले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेको भएतापनि उनको टिम सिलेट सिक्सर्स भने पराजित भयो । सो खेलमा सन्दीपले २ जनालाई बोल्ड गरेका थिए । चार ओभर बलिङ गरेका सन्दीपले १६ रनको खर्चिँदै सोयव मलिक र इनामुल हकलाई बोल्ड गरेका हुन् ।

टस हारेर ब्याटिङ गरेको सिलेट सिक्सर्स चार विकेटले पराजित भएको थियो । सिक्सर्सले दिएको १२८ रनको लक्ष्य भिक्टोरियन्सले १९ दशमलव ५ ओभरमा १३० रन बनाउँदै विजयी भएको छ ।

सम्बन्धित खबर