बंगलादशकी नयाँ प्रधानमन्त्री शेख हसिनाको आज सोमबार सपथ

दियो पोस्ट  

ढाका, पुस २३ । बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले आज सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छिन् ।
गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनकी दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लागकी हुन् ।

शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि आज नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गर्नुभएको छ । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ ।

यहीबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ ।

बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।

सम्बन्धित खबर