वाइडबडी प्रकरणमा वहालवाला पर्यटनमन्त्रीलाई कारवाही सिफारिस, गृहसचिवलाई क्लिन चिट

Diyo post  

काठमाडौँ, पुष २३ । वाइडवडी खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पुर्वमन्त्री र वहालवाला पर्यटनमन्त्रीलाई कारवाही सिफारिस गरेको छ । सार्वजनिक लेखा समितिले विमान खरिद प्रक्रियाको प्रतिवेदन अध्ययन गरि पुर्वमन्त्री र वहालवाला मन्त्रीलाई दोषि देखिएको भन्दै कारवाही सिफारिस गरेको हो ।

समितिले तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम कुमार राईलाई भने जहाज खरिदमा भएको अनियमितता प्रकरणमा ‘क्लिन चिट’ दिएको छ ।

समितिको सोमबार बसेको बैठकले तत्कालीन सचिव, लेखा उत्तरदायी अधिकृत तथा वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष रहेका राईको समयमा वाइडबडी विमान खदिको प्रक्रियाको सुरुवात भएको विवरण निगमले दिएको र सोही आधारमा उपसमितिले उनलाई कारबाही सिफारिस गरेपनि दोषी मान्ने आधार नदेखिएको समितिले ठहर गरेको छ ।

सम्बन्धित खबर