विश्व बैंकका अध्यक्ष जिम योङ किमले किन दिए राजिनामा ?

विश्व बैंकका अध्यक्ष जिम योङ किमले किन दिए राजिनामा ?

काठमडौं, पुस २४ । विश्व बैंकका अध्यक्ष जिम योङ किमले पदबाट राजिनामा दिएका छन् । ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहेका उनले आउने फेब्रुअरी १ देखि लागु हुने गरी राजिनामाको घोषणा गरेका हुन् ।

सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गरेका हुन् ।

एनले राजिनामाको कारण भने खुलाएका छैनन् । राजिनामापछि उनले विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ ।

जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गरेका छन् ।

विश्व बैंकको नयाँ अध्यक्षको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले लिने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । (एजेन्सीको सहयोगमा)

Facebook Comments

Trending News