पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल अवकासपछि सरकारी गाडी लिएर फरार !

Diyo post  

काठमाडौं, २४ पुस । पर्यटन मन्त्रालय मातहत रहेको पूरातत्व विभागका अवकाश प्राप्त महानिर्देशकले सरकारी गाडी लिएर फरार भएको पाइएको छ ।


२२ दिनअघि अवकाश पाएका महानिर्देशक भेष नारायण दाहालले आफूले चढ्दै आएको सरकारी गाडी लिएर गएपछि मन्त्रालयमा हंगामा मच्चिएको छ ।
गाडी दाहालले गाडी फिर्ता नगरेपछि यो केही कर्मचारीले प

र्यटन मन्त्रालयमै उजुरी गरेका छन् । उजुरीपछि पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले एक्सन लिने तयारी गरेको स्रोतले दियोपोस्टलाई जानकारी दियो ।


‘उहाँले गाडी लिएर घरायसी घुमघाममा हुनुहुन्छ भन्ने खबर आएको छ,’ मन्त्रालय स्रोतले भन्यो,‘हामीले गाडी फिर्ता लिने प्रक्रिया थालेका छौ्रँ । उहाँ सम्पर्कमा आउनु भएको छैन ।’
स्रोतका अनुसार उनले मन्त्रालयको फोन समेत उठाएका छैनन् ।


यता पूरातत्व विभागका कार्यबाहक महानिर्देशक दामोदर गौतमले भने एक हप्ताको लागि दाहालले लिएर गएको बताए ।


‘उहाँले एक हप्ताका लागि नारायणहिटिको कामका लागि लिएर जानु भएको हो,’ उनले भने,‘अहिले फिर्ता गरिसक्नु भएको छ ।’


यद्धपी मन्त्रालय स्रोतले भने दाहालले गाडी फिर्ता नगरेको बताएको छ ।
स्रोतका अनुसार दाहालले बा २ झ ९७१ नम्बरको गाडी लिएर हिँडेका थिए । गत पुस ५ गते अवकाश पाएका उनले भने सञ्चयकोष मिलाउनका लागि गाडी लिएर गएको बताए । ‘गाडी उहिल्यै फिर्ता भइसकेको छ । सञ्चय कोष मिलाउनका लागि लिएर गएको हुँ । केही दिनका लागि,’ दियोपोस्टसँग उनले भने ।

सम्बन्धित खबर