उत्तर कोरियाली नेता किम रेल चढेर चिन पुगे

Diyo post  

बेइजिङ, पुष २४ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पुन तिक्तता उत्पन्न भएपछि नेता किम अकास्मात चिन भ्रमणमा निस्किएका हुन् । उनको चीन भ्रमणको उद्धेश्यको बारेमा भने उत्तर कोरियाली सरकारले केही खुलाएको छैन ।

किमको चिन भ्रमणले अमेरिकामा सामान्य तहल्का मच्चाएको छ । अमेरिका र उत्तर कोरियाबिच हुन लागेको दोस्रो शीखर वार्ताको विषयमा नेता किम चिन गएको हुनसक्ने अमेरिकी संचारमाध्यमहरुले अनुमान लगाएका छन् ।

उत्तर कोरिया सरकारले भने चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा नेता किम चार दिनको लागि चिन भ्रमणमा निस्किएका हुन् । नेता किम रेलमार्ग हुँदै चीन गएको एपिएफ समाचारले जनाएको छ । स्थानीय समयानुसार सोमबार विहान १०ः५५ मा चीन जानको लागि रेल चढेका थिए । किमको साथमा उनकी श्रीमती री सोल जु सहित अन्य उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधि मण्डल रहेको उत्तर कोरियाली संचारमाध्यमहरुले जनाएको छ ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।

किमको यस पटकको चार दिनको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर बैठक चाँडै हुँदैछ भन्ने अनुमानलाई थप सहयोग पुग्ने अनुमान गरिएको छ ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन ।

सम्बन्धित खबर