काठमाडौँ, पुष २४ । नेपाली कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेपाली विद्यार्थी संघले रानीपोखरीमा फुटबल खेलेका छन् । प्रधानमन्त्री तथा सरकारको विरोध गर्दैै नेविसंघले रानिपोखरीमा फुटबल आयोजना गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा पेश गरेको प्रगतीविवरणमा रानिपोखरी फुटबल ग्राउण्ड बनाएको भन्ने विषय छुटाइएको भन्दै व्यंग्य प्रदर्शन गरेको छ । व्यंग्य स्वरुप नेविसंघले रानिपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका थिए ।
उक्त फुटबल खेलमा त्रिचन्द्र, शंकरदेव, आरआर, एनसीसी लगायत अन्य क्याम्पसका विद्यार्थीहरु उपस्थित थिए ।
विकास निर्माणको कार्यप्रगती कस्तो छ र सरकारले कसरी कामहरु अगाडी बढाइरहेको भन्ने कुरा रानिपोखरीको निर्माण प्रगतीलाई हेर्दा थाहा हुने नेविसंघ अध्यक्ष डिल्ली सुवेदीले बताए । सरकारलाई आलोचना र विरोधमा आन्दोलन भन्दा यस्ता खालका रचनात्मक शैलीबाट आन्दोलनको थालनी गर्ने स्वरुपमा रानीपोखरीमा फुटबल खेलीएको उनले बताए ।
सरकाले विकास निर्माणमा ऐतिहासिक सफलता पाएको भन्ने अभिव्यक्ति र वास्तविक अवस्थालाई हेर्दा आकासजमिनको फरक भएको भन्दै नेविसंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
भिडियो हेर्नुहोस् ।