नेपाली कामदारका लागि २ महिनापछि मात्र मलेसियाको ढोका खुल्ने

Diyo post  

काठमाडौँ, पुष २४ । मलेसियामा नेपाली कामदार जानका लागि अझै २ महिना लाग्ने भएको छ । कामदार आपुर्तीको समस्या समाधान गर्नका लागि तयार गरिएको नयाँ प्रतिवेदन नआएसम्म मलेसियामा नेपाली कामदारको लागि ढोका नखुल्ने बताएको छ ।

मलेसिया सरकारको मानव संशाधन राज्यमन्त्री महफुज ओमारले कामदार खुलाउन बनाइएको सो प्रतिवेदनमाथि छलफ गर्न एक कार्यदल बनाइएको र सोही कार्यदलको सुझाव अनुसार नै आगामी नीति तय हुने बताएका छन् । उनले मलेसियामा नेपाली कामदारको समस्या अवस्य सुल्झिने र नयाँ ढंगबाट कामदार आपुर्ती गर्ने बताए ।

हाल श्रममन्त्री गोकर्ण बिष्टले भिसा प्रक्रियामा आवद्ध पुराना भेण्डर परिवर्तन गर्न र आफू निकटलाई दिलाउन कामदारलाई मलेसिया जान नदिएको आरोप राजनीतिक तवरबाटै लाग्ने गरेको छ । तर, मलेसियाले नयाँ कामदार नीति नबनी नेपालबाट कामदार नलैजाने प्रष्ट पारेको छ ।

गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।

कामदारमाथि बिचौलिया संयनन्त्र खडा गरेरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही भण्डारमार्फत कामदारमा मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो ।

सम्बन्धित खबर