कांग्रेसले छायाँ सरकार बनाउने, मन्त्रालय रोजेर आवेदन दिन सांसदहरुलाई निर्देशन

Diyo post  

काठमाडौँ, पुष २४ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएको छ । संसदीय दलमा बनाएको छायाँ सरकारले काम गर्न नसकेको भन्दै अर्को शसक्त छायाँ सरकार बनाउन लागिएका बताइएको छ ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको वैठकले चाँडै नै छायाँ सरकारको टुंगो लगाउने र त्यसमा सहभागी हुन इच्छुक सांसदलाई मन्त्रालय रोजेर नाम पेश गर्न आग्रह गरिएको छ ।
सरकारमा प्रतिपक्ष निकै कमजोर भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरुले संसदमा वलियो भई प्रस्तुत हुनको लागि छायाँ सरकार बनाउने बताए ।

गठन हुने छायाँ सरकारले वर्तमान दुई तिहाईको सरकारले गर्ने नकारात्मक निर्णयहरुको विरोध गर्ने र संसदमा बलियो ढंगले प्रस्तुत हुने बताइएको छ । सरकारले मनलाग्दी हिसावले सबैप्रकारका प्रस्तावहरुलाई वहुमतको हिसावले पारित गर्दै लैजाँदा प्रतिपक्षहरुको आवाज दवाउने काम भइरहेको भन्दै यसको प्रतिवाद गरिने बताइएको छ ।

सम्बन्धित खबर