ए डिभिजन लिगको उपाधी मनाङलाई, एएफसी एसियन कपमा सहभागी हुन पाउने

ए डिभिजन लिगको उपाधी मनाङलाई, एएफसी एसियन कपमा सहभागी हुन पाउने

काठमाडौँ, पुष २४ । काठमाडौँमा जारि ए डिभिजन लिगको उपाधी मनाङ–मस्र्याङदी फुटबल क्लवले जितेको छ । मंगलबार भएको अन्तिम खेलमा फ्रेण्ड्स क्लवसंग १–० ले पराजित भएतापनि मनाङ उपाधी चुम्न सफल भएको छ ।

खेलको अन्तिम मिनेटसम्म बराबरी खेलेको भएपनि इन्ज्यूरी समयमा फ्रेण्ड्सका विकास लामाले गोल गरेपछि १–० ले पराजित भएको हो । मनाङ जारि लिगको दुई खेल बाँकी हुँदै अंकको आधारमा च्याम्पियन घोषित भएको थियो ।

जारि लिगसहित मनाङको यो ८ औँ जित हो । लगातार रुपमा ८ पटक उपाधी हत्याउँदै मनाङले कीर्तिमानी रचेको छ । यसपटक भने मनाङको अपराजित यात्रा रोकिएको छ । लिगभरि अपराजित हुुँदै आएको मनाङले अन्तिम खेलमा हार व्यहोरेपछि अपराजित यात्रामा धक्का लागेको हो ।

च्याम्पियन मनाङले लिगको १३ खेलबाट ३३ अंक जोड्न सफल भयो । अन्तिम खेलमा मनाङलाई हराएसंगै फ्रेन्ड्सले १२ अंक जोड्न सफल रह्यो । र, फ्रेन्ड्सले लिगको ११ औं स्थानमा रहेर लिग सकाएको छ ।

उपाधिसंगै मनाङले ५० लाख नगद पुरस्कार पाएको छ । यस्तै मनाङले एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने छन् । लिगको उपविजेता बनेको संकटाले ३५ लाख तथा तेस्रो स्थानको रुस्लान थ्री स्टारले २५ लाख प्राप्त गर्यो ।

प्रतियोगितामा मनाङकै विशाल श्रेष्ठ उत्कृष्ठ गोलकिपर भए भने हेमन गरुङले वेस्ट मिडफिल्डरको अवार्ड पाए । थ्रीस्टारका रञ्जीत धिमाल उत्कृष्ठ डिफेण्डर बने ।

त्यस्तै उत्कृष्ठ स्ट्राइकरको उपाधी आर्मीका भरत खवासले पाए । उनले लिगभरिमा सात गोल गरेका थिए । उत्कृष्ठ प्रशिक्षकका रुपमा मनाङका प्रशिक्षक सुमन श्रेष्ठ सम्मानित भए ।

प्रतियोगिताको फेयर टिम ब्रिगेड ब्वाइज बन्न सफल रह्यो ।
हरेक विधामा उत्कृष्ठ हुने टिम र खेलाडीले पल्सर मोटरसाइकल र पचास हजार रुपैँया पाएका छन् ।

कुन कुन टिम शीर्ष ६ मा अटाए र कति नगद पुरस्कार पाए ? सूची हेर्नुस् :

विजेता : ५० लाख, एएफसी एसियन कपमा सहभागिता  (मनाङ मर्स्याङ्दी क्लब )

उपविजेता : ३५ लाख (सिएमजी संकटा क्लब )

तेस्रो : २५ लाख ( रुस्लान थ्री स्टार क्लब )

चौथो : १५ लाख (त्रिभुवन आर्मी क्लब)

पाँचौ :  ७ लाख (नेपाल एपीएफ क्लब)

छैटौं : ५ लाख (नेपाल पुलिस क्लब)

फेयर प्ले टिम :  १ लाख (ब्रिगेड ब्वाइज)

० Comments




Trending News