जापानी विदेशमन्त्री आज नेपाल आउने

जापानी विदेशमन्त्री आज नेपाल आउने

काठमाडौं, पुस २५ । जापानी विदेशमन्त्री तारो कोनो काठमाडौं ओर्लंदै छन्। भारतीय प्रधानन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग इन्डो प्यासिफिक क्षेत्रबारे छलफल गरेर उनी आज बुधबार अपराह्न काठमाडौं ओर्लिन लागेका हुन्।

मंगलबार सुरु भएको राइसेना डायलगमा समेत सहभागिता जनाएर नेपाल आउन लागेका हुन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जापानको औपचारिक भ्रमण गरेको डेढ महिनापछि उनी नेपाल आउन लागेका हुन्।

उनको यो भ्रमण प्रधानमन्त्री केपी ओलीको जापान र जापानी समकक्षी सिन्जो आवेको नेपाल भ्रमणको तयारीका रूपमा हेरिएको छ।

भ्रमणलाई प्रधानमन्त्री केपी ओलीको जापान र समकक्षी सिन्जो आवेको नेपाल आगमनको तयारीका रूपमा हेरिएको छ।

न्डो प्यासिफिक क्षेत्रको सुरक्षाबारे समेत भएको छलफलाई अझ उचाइ दिन भारत र जापानका रक्षामन्त्रीबीच छिट्टै वार्ता गर्ने सहमति भएको जापानी तथा भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इन्डो प्यासिफिक क्षेत्रको विकासबारे अमेरिकाको साझेदारका रूपमा भारत, जापान र अस्ट्रेलिया छन्। परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका र जापान भ्रमणको समयमा समेत यसमा छलफल भएको बताइएको छ।

Facebook Comments

Trending News