काठमाडौँ, पुष २५ । मुखलाई चलाउने, अर्थोक त्यति नचल्नेलाई राज्यका सुरक्षाकर्मी सवारी साधन दिएर फजुल खर्च गर्नुभन्दा त्यस्तालाई सुविधाविहीन बनाउनुपर्ने आदेशसंगै एकजना बोलक्कड मान्यले एकघण्टे आदेशमा सरकारी सुरक्षा र सवारी सुविधा गुमाएका छन् ।
१७ गते संसदमा वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भाषण ठोकेको भोलिपल्ट सर्लाहीबाट जितेका कांग्रेस सांसद अमरेशकुमार सिंहको साथमा रहेको पाँच सुरक्षाकर्मी र गृहबाटै लगिएको गाडी फिर्ता भएको हो । उनले त्यसदिन संसदको विशेष समयमा बोल्दै ‘सुशासन र समृद्धिको नारा दिने सरकार यति ठुलो भ्रष्टाचारमा मुछिएको छ, यसमा संयुक्त पार्लियामेन्ट्री कमिटी गठन गर्नुपर्छ र सरकारले नैतिकताका आधारमा राजिनामा दिनुपर्छ भनेका थिए ।
उनिसंग नेपाल प्रहरीबाट तीन, सशस्त्रबाट दुई जना सुरक्षाकर्मी र गृहको एउटा गाडी थियो । गृहसचिव प्रेम राइले उनलाई सुरक्षा दिनुपर्ने तर्क के हो भनी प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र सशस्त्रका शैलेन्द्र खनाललाई सोधेपछि सर्वेन्द्रले आफ्नो हेडक्वार्टरलाई ‘एकघण्टाभित्र त्यसंग भएको तीन जना केटा हेडक्वार्टरमा तान्नु । तानिएनन् भने तपाईँहरु कारवाहीमा पर्नुहोला …’ भनेका थिए ।
नभन्दै एक घण्टापछि अमरेशको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सबै कर्मचारी फिर्ता भए । लतत्तै, सशस्त्रले पनि गाडी र दुई सुरक्षाकर्मी आफ्नोमा ल्याएको छ ।
को हुन् अमरेशकुमार सिंह
बुधबारको जनआस्था साप्ताहीकका अनुसार यी अमरेश तीनै ब्यक्ती हुन्, जसले भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा सीधै रिपोर्टिङ गर्ने हैसियत राख्छु भनेर धेरैलाई विश्वास दिलाएका थिए । दिल्लीबाट आउँदा ब्रिफकेशभरि पैसा बोकेर ल्याउँथे । नेपालको अध्यागमनबाट तोकिएको भन्दा बढी रकम बोकेर विदेश जान– आउन पाइँदैन । तर, अमरेशले विशेष आदेश गराएर आफुमाथि चेकजाँच नै नहुने व्यवस्था मिलाएका थिए । उनी बैंकिङ कारोबार गर्दैनन्, सीधै नगदी काम गर्छन् ।
भैसीपाटीस्थित उनको घर कसरी बन्यो भन्ने यो तथ्य हेर्दा उजागर हुन्छ । त्यहाँको सजावटयुक्त बैठक कोठामात्रै झण्डैझण्डै आधा करोडमा बनेको भनिन्छ । उनलार्य सरकारले बिनाकुनै हैसियत सुरक्षा दिएको थियो ।