अब ओली र प्रचण्डको विरुद्ध लडछुः डा. केसी

Diyo post  

काठमाडौं पुस २५ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा विधेयक बहुमतले पारित भए लगत्तै डा. गोविन्द केसीले आनसनमाा बस्ने घोषणा गरेको छ । उनले सरकारले आफूसँग भएको सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।

डा. केसी बुधबार अपराह्न ४ बजेपछि अनसन बस्दैछन् । त्यसका लागि उनी इलाम पुगिसकेका छन् ।बुधबार बिहानै अनसन बस्ने भनेपछि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए । समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ । ‘हामी जनताका लागि लडिरहेका छौं । उनीहरु माफिया दलालहरुका लागि ऐन बनाइरहेका छन, डा. केसीले भने ।

प्रधानमन्त्रीकै कारण आफ्नो १५ औं अनसनका क्रममा सहमति विपरीत ऐन बनाउन खोजिएको बताउदैउनले अनसन सकिएपछि भेट्न बालुवाटार जाँदा नै शंका लागेको प्रतिक्रिया दिए । उनलेभने,‘ओली र प्रचण्डजीको स्वार्थको कारण सहमति विपरीत ऐन पारित गरिएको अब ओली र प्रचण्डको विरुद्ध ढृढतापूर्व लडछु ।’

सम्बन्धित खबर