निर्मलाको भेजाईनल स्वावको वैधानिकता जाँच्न आमाको डिएनए परिक्षण गरिने

Diyo post  

काठमाडौँ, पुस २५ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको भेजाइनल स्वावको वैधानिकताको लागि उनकी आमा दुर्गादेवि पन्तको डिएनए परिक्षण गरिने भएको छ ।

हत्यारा को हो भनि अनुसन्धानका क्रममा डिएनए परिक्षण गर्दा निर्मलाको भेजाइनल स्वावसंग कसैको डिएनए मेल नखाएपछि स्वावकै वैधानिकतामाथि चौतर्फी प्रश्न उठेको थियो । उनकी आमा दुर्गादेवी पन्तले महाकाली अञ्चल अस्पताल पुगेर डिएनए परिक्षणका लागि रगत समेत दिएकी छिन् ।
प्रहरीले शंकास्पद भनि पक्राउ परेका सबैजना डिएनए नमिलेको कारण निर्दोष सावित भएका छन् । निर्मलाकी आमो आफ्नी छोरिको डिएनए प्रोफाइल परिक्षण गरिपाउँ बुधबार जिल्ला प्रहरी कार्यलय कञ्चनपुर पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यलय डिएनए परिक्षणका लागि अस्पताल जानुपर्ने बताएपछि उनी महाकाली अञ्चल अस्पताल पुगेकी हुन् ।

दुर्गादेवि पन्तको रगत पनि प्रहरीको केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाइने छ । उनको डिएनए र निर्मलाको भेजाइनल स्वावसंग भिडाएर वैधानिकता परिक्षण गरिने छ ।

अनुसन्धान अधिकारी स्वय‌ंले समेत निर्मलाको स्वाबको वैधानिकतामाथि प्रश्न उठाएका थिए । यो विधिबाट निर्मलाको स्वाबको वैधानिकता पुष्टि भए आम कञ्चनपुरवासीबाट डीएनएका लागि स्वेच्छिक आह्वान गर्न सकिने अधिकारीहरुले बताएका छन् ।

गत साउन १० गते वेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा भेटिएको थियो । घटनामा संलग्न व्यक्तिको बारेमा प्रहरीले अहिलेसम्म सुराकसमेत फेला पार्न सकेको छैन ।

सम्बन्धित खबर